विस्थापित ३९ सय जना खतरामाः राष्ट्रसङ्घ
एजेन्सी-विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
आप्रवासनसम्बन्धी राष्ट्रसङ्घीय निकायले आन्तरिकरुपमा विस्थापित भएका उनीहरु खतरामा रहेको जनाएको हो ।
नयाँ आवास क्षेत्र बनाइएको सोमालियाको दक्षिणपश्चिमतर्फ पर्ने बैडोआमा रहेका खतरामा रहेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले जनाएको छ ।
विस्थापित भएर खतरापूर्ण जीवन बिताउनेमा ६८२ घर परिवारका तीन हजार ९१४ जना रहेको आईओएमको तथ्याङ्क छ ।
मङ्गलबार बेलुकी आईओएमद्वारा जारी वक्तव्यमा खतरापूर्ण अवस्थामा रहेकालाई अन्यन्त्र स्थानान्तरण गर्ने क्रम शुरु भएको उल्लेख छ । यो क्रम जुलाईसम्म जारी रहने वक्तव्यमा जनाइएको छ ।
उनीहरुलाई अहिलेकोभन्दा राम्रो ठाउँ, राम्रो अवस्था र सुहाउँदो जमिनको समेत व्यवस्था गर्न लागिएको आईओएमका अधिकारीहरुले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ
-
मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?
-
हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली
-
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत
-
टीआरसीमा कांग्रेस लचिलो नहुने नेता शेखर कोइरालाको स्पष्टोक्ति