केन्द्रीय संस्करण

काठमाडौँको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ

person explore access_timeअसार ११, २०७६ chat_bubble_outline0

काठमडौं-काठमाडौँको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । आज दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

पक्राउपर्नेमा गोरखा घर भई ढल्कुमा डेरा गरी बस्ने ५३ वर्षीय लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका– २ घर भई धादिङ महादेवबेंशी बस्ने ३३ वर्षीय अष्टबहादुर थिङ र सोही ठाउँका ३४ वर्षीय गोविन्द मोक्तान रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

महानगरीय प्रहरीवृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा  खटिएको प्रहरी टोलीले लालबहादुरको कोठा खानतलासी गर्दा गैँडाको खाग, सेतो सिसाको, पत्थरसमेत बरामद गरेको थियो । 

यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ६ बाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउपर्नेमा बाराका राजु लामा र दिनेश चौधरी रहेका छन् । उनीहरुको साथबाट लागुऔषध दर्जनौँ चक्की फेला परेको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...