शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ अन्तिम खेलमा पनि निराश

बुधबार, ११ असार २०७६, १९ : ५२
बुधबार, ११ असार २०७६

काठमाडौं– नेपालको मनाङ मस्र्याङ्दी क्लब एएफसी कप फुटबलमा जितिविहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । सातदोवाटो स्थित एन्फा कम्प्लेस मैदान बुधबार भएको समूहको अन्तिम खेलमा मनाङ भारतीय प्रतिद्वन्द्वी चेन्नइयिन एफसीसँग ३–२ गोलले पराजित भयो । यसअघिनै बाहिरिएको मनाङले अन्तिम खेल प्रतिष्ठाका लागि खेलेको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलमा पहिले अग्रता पाहुना टोली चेन्नइयिनले लियो । चेन्नइयिन एफसीका लागि ५३औं मिनेटमा मोहम्मद रफीले खाता खोले । ६६औं मिनेटमा एली साबिया फिल्होले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारेका थिए ।

चेन्नइयिनको अग्रतापछि जोसिएको मनाङले पाँच मिनेटलगतै पहिलो गोल पर्काएको थियो । मनाङका लागि ओलाडिपो ओलावाले अफिजले गोल गरे । ओलावालेले ७९औं मिनेटमा  दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 

अन्तिम समयमा सम्माहिन नसकेको मनाङविरुद्ध चेन्नइयिनले ८८ औं मिनेटमा निर्णायक गोल गरेको थियो । चेन्नइयिनका लागि मोहम्मद रेफ्रीले दोस्रो गोल गर्दै टोलीको जित पक्का बनाएका थिए । समूह ‘ई’ बाट प्रतिस्पर्धा गरेको मनाङले ६ खेलमा दुई बराबरी र चार हारसहित दुई अंक बनायो । मनाङ समूहको अन्तिममा रह्यो । चेन्नइयिनले ११ अंक बनायो । यस समूहबाट बंगलादेशको ढाका अवहानी लिमिटेड क्लब अघिल्लो दोस्रो चरणमा पुगेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप