शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन दिनदेखि अस्पतालमा पानीको अभाव

बुधबार, ११ असार २०७६, १९ : ४८
बुधबार, ११ असार २०७६

हुम्ला– जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ । 
    
खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत दुर्गन्धित हुने सम्भावना बढी देखिएको डाक्टर नवीन रोकायाले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा कार्यरत कर्मचारीले १५ मिनेटको बाटो भएर तल्लो बजारदेखि माथिल्लो बजारमा रहेको तीन धारामा गएर पानी ल्याउनुपर्ने अवस्था रहेको छ । 
    
डा रोकायाले अस्पताल जस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको बताए । अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएपछि खानेपानीे उपभोक्त समितिले मर्मत जारी राखे तापनि मर्मत हुन नसकेको उनले जानकारी दिए । पानीको अभाव हुँदा शल्यक्रियालगायत अन्य क्षेत्रमा समस्या हुँदै आएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप