शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झापा र मोरङमा चट्याङ लागेर २ किशोरसहित ३ जनाको मृत्यु

बुधबार, ११ असार २०७६, १९ : ४३
बुधबार, ११ असार २०७६

झापा– पूर्वमा चट्याङ लागेर २ किशोरसहित ३ जनाको मृत्यु भएको छ । झापाा र मोरङमा परेको चट्याङ लागेर  झापा बाह्दशी गाउँपालिका– ५ का ६० वर्षीय पर्शुराम पाठक, मोरङ रंगेली नगरपालिका ९ का १४ वर्षीय अभत ऋषिदेव र सोही ठाउँ बस्ने १५ वर्षीय अनिल ऋषिदेवको आज अपरान्ह चट्याङ लागेर मृत्यु भएको हो । पाठकसँगै रहेका ५२ वर्षीय दुर्गाप्रसाद ओली भने घाइते भएको प्रहरीले जनाएको छ । ऋषिदेवद्वयको भने उपचारका लागि रंगेली अस्पतालमा लगिएलगत्तै डाक्टरले मृत घोषणा गरेको थियो ।  

पाठक र ओलीलाई भने ओलीको घरको बरण्डामा बसिरहेको अवस्थामा आज ४ बजे पानीसँगै परेको चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थामा रहेका दुवैलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएलगत्तै पाठकलाई चिकित्सकले मृत घोषणा गरेका थिए, भने ओलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताएका छन् ।

झापामा यसअघि चट्याङ लागेर दुईको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– ६ का ३२ वर्षीय भीम राजवंशीको गत वैशाख १३ गते घरमै सुतिरहेको अवस्थामा र मेचीनगर नगरपालिका– १५ का ४० वर्षीय प्रकाश बुढाथोकीको गत चैत २३ गते बिहान खेतमा मकै गोड्दै गर्दा चट्याङ लागेर मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप