शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमाले बिहे गर्न नमानेपछि छोरीको अपहरण !

बुधबार, ११ असार २०७६, १८ : ४७
बुधबार, ११ असार २०७६

बुटवल– रुपन्देहीको तिलोत्तमामा आमाले बिहे गर्न नमानेपछि छोरी अपरण गरेको खुलासा भएको छ । तिलोत्तमा नगरपालिका वाड नम्बर १२  कि मन्जु थापासँग प्रेम परेका पर्सा वीरगञ्ज महानगरपालिका वाड नम्बर २७ बस्ने जयराम दासले थापाकी ६ वर्षीय छोरीलाई अपरहण गरेको खुलेको छ ।

छोरीको अपहरण भएको भन्दै एक दम्पति सोमबार राति प्रहरी चौकी महुवारीमा पुगे । चौकीले इलाका प्रहरी कार्यालय बुटवलमा तत्काल खबर गर्यो । प्रहरीले खबर पाएलगत्तै अपहरणमा परेकी तिलोत्तमा नपा १२ की ६ वर्षीया बालिकाको खोजी सुरु गरेको थियो ।

मंगलबार प्रहरीले अपहरित बालिकाका बुवा टेकबहादुर थापा र आमा मन्जु थापालाई कार्यालयमा बोलायो । उनीहरु बन्द रहेको कारण आउन नसक्ने भन्दै बुधबार आउने बताए । तर, घटनाको बिफ्रिङ लिइरहेका रुपन्देहीका एसपी हृदय थापाले प्रहरीको टोलीलाई उनीहरुको घरमै पठाए ।

यता, एसपी थापाले सादा पोसाकमा प्रहरीको विभिन्न समूह परिचालन गरे । राजमार्गमा नाकाबन्दी गरेर चेकजाँच सुरु भयो । शंकाष्पद ठाउँहरुमा छापा मारियो । प्रहरीले घटनाबारे बुझ्दै जाँदा छोरी अपहरण गर्न एक व्यक्तिले चेतावानी दिएका थिए । अन्ततः अपरण गर्ने दासले  छोरीलाई बुटवलको एक होटलमा बन्धक बनाई राखेको अवस्था आज फेला पारेको छ ।

यस्तो थियो अपहरण काण्ड
बालिकाका बुबा र आमा घर नजिकै निर्माण भइरहेको पुलमा मजदुरी गर्थे । त्यहाँ ९ महिनादेखि काम गराउँदै आएका पेटी ठेकेदार पर्सा जिल्ला बीरगन्ज महानगरपालिका २७ का ३८ वर्षीय जयराम दास थिए ।
प्रहरीका अनुसार घरनजिककै मजदुरी गर्दा ठेकेदार र बालिकाकी आमा मन्जु थापाको निकटतम सम्बन्ध बस्यो ।

कयौँ दिनसम्म सँगै बाहिर घुमघाम पनि गर्न जाने गरेका थिए । दासको मनमा एकहोरो प्रेम पलाउँदै गयो । निकटतम सम्बन्धलाई लिएर दासले एक दिन मन्जुलाई विवाहको प्रस्ताव गरे । २३ वर्षीया मन्जुले प्रस्तावलाई अस्विकार गरिन् । प्रस्ताव अस्वीकार गरेपछि दासले छोरी अपहरण गर्ने चेतावनी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देही सुचना अधिकृत प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार दासमाथि खोजी तिब्र बनाउदै जाँदा बुटवलको बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नम्बर १०३ बन्धक बनाएर राखेको फेला परेको थियो ।

यता मन्जु प्रहरी नियन्त्रणमै थिइन् । जसले दासलाई फोन सम्पर्क गरेकी थिइन् । निरन्तर फोन सम्पर्कपछि बालिकालाई होटलको कोठामा बन्धक बनाएर राखिएको हुनसक्ने भन्दै प्रहरीले होटलहरुमा खोजी जारी राखेको हो ।

फोन सम्पर्कको बेला पनि दासले मन्जुलाई आफुसँग हिड्न दबाव दिइरहेका थिए । त्यसपछि प्रहरीले मन्जुलाई आफू विवाह गर्न तयार रहेको र बुटवलको सब्जीमण्डी क्षेत्रमा लिन आउन लगायो । यसरी दास अपहरण काण्डमा पक्राउ परेका हुन् । पक्राउ परेपपछि उनले बालिकालाई होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नम्बर १०३ बन्धक बनाएर राखेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रहरीले बालिकाको उद्दार गरेर अहिले परिवारको जिम्मा लगाइसकेको छ । बालिका र दासको चिनजान रहेकोले उनले बालिकालाई फकाएर घरबाट मोटरसाइकलमा लगेका थिए । पक्राउ परेका दास उपर शरीर बन्धक तथा अपहरण मुद्दा दायर गरी थप अनुसन्धान अगाडी बढाएको नायव उपरीक्षक भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप