बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा करेन्ट लागेर महिलाको मृत्यु

बुधबार, ११ असार २०७६, १८ : २१
बुधबार, ११ असार २०७६

दोलखा– दोलखाको भीमेश्वर नगरपालिका–५ बिरुवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर सोही वडा निवासी ४० वर्षीया दुर्गा बुढाथोकिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज स्थानीय शङ्कर बुढाथोकीको खेतमा रोपाइँ गर्ने गएकी दुर्गाको बिजुलीको पोललाई सपोट गर्न ढुङ्गामा बाँधेको तारबाट करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप