लोकसेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने
काठमाडौं– सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा.खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो ।
यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।
आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)