दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता
बुधबार, ११ असार २०७६, १६ : ५१
सिन्ह्वा– दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ । दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान आज बिहान सबेरै दक्षिण कोरिया आइपुगेका हुन् ।
सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण भएको बताइएको छ । यसअघि १९९८ मा उनले दक्षिण कोरियाको भ्रमण गरेका थिए ।
राष्ट्रपति मुन र राजकुमार सलमानबीच भएको छलफलपछि प्रकाशित संयुक्त विज्ञप्तिमा दुई देशबीच सुचना र सञ्चार प्रविधि,स्वास्थ्य, सांस्कृतिक र शिक्षालगायत विभिन्न क्षेत्रमा सहकार्य बढाउने सम्झौता भएको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ