शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तालिवानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु

बुधबार, ११ असार २०७६, १६ : ४५
बुधबार, ११ असार २०७६

अफगनिस्तान– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती  तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ ।    

गोलरान जिल्लामा तालिवाननहरुले मङ्गलबार राती  गरेको यस आक्रमणमा परी आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएका प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 

मङ्गलबार राती भएको यस आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकूबीचको झडप बुधबारसम्म पनि जारी रहेको वालिजादाले बताएका छन् । 

 तर प्रहरी स्रोतले तालिबान लडाकूतर्फ क्षतिको कुनै विवरण दिएको छैन् । तालिवान लडाकू समूहले पनि यस  आक्रमण र त्यसपछिको झडपको कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप