शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुल्झियो गलवन्दी विवाद : शम्भु राईले नाम पाउने, दाम नपाउने

बुधबार, ११ असार २०७६, १६ : १५
बुधबार, ११ असार २०७६

काठमाडौँ– शम्भु राई र प्रकाश सपुतबीचको ‘गलबन्दी’ गीतको विवाद मिलेको छ । उनीहरुबीच मङ्गलबार ४ बुँदे सहमति भएपछि विवाद सल्टिएको हो ।

प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको सहमतिमा अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

योसँगै राईले प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने छन् ।

गायक शम्भु राई र प्रकाश सपुतबीच गीतको लयका  विषयमा केही समयदेखि लफडा चलिरहेको थियो ।

विवादका बीच जातीलक्षित टिप्पणी हुनथालेपछि यो विषयले संसदमा समेत प्रवेश पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप