बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको बजेट : आगामी आर्थिक वर्ष, ‘कर अभियान वर्ष’

बुधबार, ११ असार २०७६, १६ : ०६
बुधबार, ११ असार २०७६

पोखरा – हिजो मात्रै पोखरा महानगरले आर्थिक वर्ष २०७६÷०७७ को बजोट सार्वजनिक गरेको छ । गएको वर्ष भन्दा १ अर्ब बढीको बजेट महानगरले सार्वजनिक गर्यो । 
बजेटमा पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको छ । यस्तै, महागनरले आगामि आर्थिक वर्षलाई महानगरले ‘कर अभियान वर्ष’का रुपमा मनाउने उल्लेख गरेको छ  । 
करको दायरा बढाएर विदेशी पर्यटकले महानगर भित्रको होटलमा गर्ने खर्चमा पर्यटन उपभोग कर र पर्यटकिय सम्पदाहरुमा पर्यटन शुल्क लगाउने बजेट उल्लेख छ । जस कारण पर्यटकको पोखरा बसाई महङ्गिने छ । 
कर संकलनको लागि महानगरका ५ स्थानमा कर संकलन केन्द्र स्थापना गरिने बजेटमा उल्लेख छ । सबै करदाताको विवरण डिजिटल प्रणलिमा अवाद्ध गराउने र करदातालाई अनलाई मार्फत कर बुझाउने व्यवस्था मिलाउने महानगरले जनाएको छ ।  
भत्किएका पुरातात्विक महत्वका घरलाई पुन पुरातात्विक शैलिमा निर्माण गरेमा नक्सा पासमा ५० प्रतिशत छुट दिने महानगरले बताएको छ । ग्रामिण पर्यटकिय क्षेत्रमा भवन निर्माण गर्दा नक्सापासमा ५० प्रतिशत छुट साथै महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट दिने व्यवस्था महानगरले बजेटमा मिलाएको छ । २० माईक्रोन भन्दा कम पालतो प्लाष्टिक र फुटेका शिशा निकासीमा शतप्रतिशत कर छुट दिइने बजेटमा उल्लेख छ । 
चालु आर्थिक वर्षमा ६ अर्ब १७ करोड ५९ लाखको बजेट ल्याएको महानगरले जेठ मसान्तसम्म ३ अर्ब ५४ करोड ७८ लाख मात्र खर्च गरेको छ । यो कुल बजेटको ५९ प्रतिशत बजेट खर्च हो ।  
चालु आर्थिक वर्षमा २ अर्ब ९८ करोड ४८ लाख पुँजिगत बजेट मध्ये १ अर्ब ४३ करोड १५ लाख खर्च भएको छ । आर्थिक वर्षको अन्तिम सम्ममा ८० प्रतिशत बजेट खर्च हुने महानगरको दाबि छ । 
महानगरले ल्याएको ७ अर्ब ५४ लाख बजेट मध्ये संघीय सरकारबाट ३ अर्ब ३३ कारोड ७८ लाख, गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख, आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख प्राप्त हुने बजेट अनुमान छ  । यसरी अपुग हुन आउने रकम ६८ करोड ५० लाख वैदेशीक ऋण र १० करोड अनुदान, जनसहभागिताबाट ३६ करोड ५० लाख, चालु आवको मौज्दात २२ करोड प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप