राष्ट्रिय सभा बैठक : सांसदका आ–आफ्नै चासो
काठमाडौँ– राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको सुन्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन माग गरिन् ।
अहिले उपलब्ध गराइएको अनुदानले नियमित रुपमा क्याम्पस सञ्चालन गर्न अप्ठेरो परेको भन्दै अनुदान रकम कम्तिमा १५ लाख पुर्याउन माग गरिन् ।
सांसद दुर्गा प्रसाद उपाध्यायले धान रोप्ने बेला आइसके पनि बजारमा मलको अभाब देखिएको बताए ।
सांसद उपाध्यायले मलको अभाब कृतिम रुपमा गराइएको हुन सक्ने भन्दै सरकारले अनुगमन गरेर मलको उपलब्धता सहज बनाउन माग गरे ।
सांसद नन्दा चपाईले नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा असार ५ गते छापिएको एक समाचारमा समितिको काम झारा टराइ भन्दै लेखेकोमा आपत्ती जनाइन् ।
पत्रिकाले बिधायन समितिमा गुठि बिधेयकको छलफल झारा टराइ भन्दै लेखेकोले संसद्को मानहानी भएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् ।
राष्ट्रिय सभामा पेश भए पनि समितिमा बिधेयक नै नआएको अवस्थामा यसरी समाचार आउनुले समितिको गरिमामा आँच आउने काम भएको बताइन् ।
सांसद बद्री पाण्डेले असार १० गते कन्चनपुरको पुनर्बास नगरपालिकाको नगर परिषदमा अतिथि भइ पुग्नुभएकी खानेपानी मन्त्रि बीना मगरलाई कालो झण्डा देखाउने काँग्रेस कार्यकर्तालाई पुलिस र नेकपाको कार्यकर्ता लगाएर कुटपिट गरेको भन्दै बिरोध गरे ।
सांसद रमेशजंग रायमाझीले काठमाडौँमा युवतीहरु माथि श्रृङखलाबद्ध रुपमा सिरिन्ज आक्रमण बढेको भन्दै,यस्तो कार्यको तुरुन्त छानविन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर