शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका स्थानीय सरकारको बजेटः शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा जोड

बुधबार, ११ असार २०७६, १५ : २०
बुधबार, ११ असार २०७६

भक्तपुर । संघीय व्यवस्था अनुसार भक्तपुरका स्थानीय तहले आफ्नो एक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । 

जसअनुसार चार वटा स्थानीय सरकार (नगरपालिका ) रहेको भक्तपुरका तीन तहले आफ्नो बजेट सार्जजनिक गरेका हुन् । एक नगरपालिकाको अनेर आन्तरिक विवादका कारण बजेट आउन ढिलाई भएको छ । 
चाँगुनारायण नगरपालिकाः
 चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्व ४१ करोड असी लाख ४१ हजार रुपैयाँको अनुमाननित आयव्यय प्रस्तुत गरेको छ । 

चालु खर्चतर्फ ३१ करोड पचास हजार, पुजिँगत तर्फ त्रियासी करोड अठहत्तर लाख रुपैयाँ रहेको छ । 

संघीय सरकारको ससर्त तर्फ छब्बीस करोड त्रियास लाख र प्रदेशको सशर्त अनुदान बाट अठार लाख एकानब्बे हजार गरी जम्मा खर्च समेत एक अर्व एकचालिस करोड असी लाख, एकचालिस हजार रुपैँया रहेको नगरपालिकाले जनाएको छ । 

चाँगुनारायण नगरपालिकाबाट सडक पूर्वाधार तर्फ प्रत्येक वडाका लागि ३ करोड विनियोजन गरेको छ । जसबाट प्रत्येक वडामा दुई वटा ठुला आयोजना कार्यान्वयनमा ल्याउने गरी बजेटमा व्यवस्था गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए  ।

नगरपालिका भित्रको खानेपानी व्यवस्थापन गरी खानेपानी समस्या समाधान गर्न आवश्यक बजेट व्यस्था गरिएको छ । 

‘नगरबासी वा संघसंथा वा निकायको (साठी चालिस र सो भन्दा बढीको) सहभागिता समेत हुनेगरी एघार करोड पचास लाखका अयोजनाहहरु संचालन गर्ने व्यवस्था मिलाइएका छ,’ नगर प्रमुख मिश्रले भने । 
 पर्यटन पूर्वाधार र प्रर्वद्धन शिक्षा,स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक,दलित, अपांगता, आदिवासी, जनजाती, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, मठमन्दिर तथा सांस्कृति संरक्षण जस्ता सामाजिक क्षेत्रको विकासमा आवश्यक बजेट विनियोजन गरेको मिश्रले बताए ।

भक्तपुर नगरपालिकाः
भक्तपुरको पुरानो तथा सांस्कृतिक नगरी भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि भक्तपुर नगरपालिकाले २ अर्ब १३ करोड १० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

पाँचौ नगरसभामा उपप्रमुख रजनी जोशीले प्रस्तुत गरेको बजेटमा कूल बजेट ४६.८३ प्रतिशत चालु खर्चतर्पm र ५३.१७ प्रतिशत पूँजीगत खर्चतर्पm भक्तपुर विनियोजन गरेको हो । 

बजेटमा शिक्षा क्षेत्रलाई ३० करोड ७३ लाख ९६ हजार विनियोजन गरिएको छ जुन कुल बजेटको १४.४२ प्रतिशत उपप्रमुख जोशीले बताइन् । 

नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि २५ करोड ५४ लाख ६२ हजार रुपैंया विनियोजन गरेको छ । 

नगरपालिकाले आफै निमार्ण गर्दै गरेको अस्पताल ख्वप अस्पताल निर्माण कार्यलाईसमयमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

  भक्तपुर नगरलाई आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यसहित आगामी वर्ष भक्तपुर महोत्वस आयोजना गर्ने र त्यसका लागि १ करोड रुपैंया विनियोजन गरेको हो ।

सूर्यविनायक नगरपालिकाः 
सूर्यविनायक नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ का लागि कुल बजेट रु १ अर्व ३० करोड रकम विनियोजन गरेको छ ।

पाचौं नगरसभामा बजेट प्रस्तुत गदैं उप्रमुख जुना बस्नेतले कुल विनियोजन मध्ये चालु तर्फ रु ११ करोड २८ लाख, सामाजिक सुरक्षा रु ८ करोड ९९ लाख, र विषयगत शाखा रु ५ करोड १० लाख, शसर्त कार्यका लागि रु ३५ करोड ४३ लाख र पुँजिगत तर्फ रु ६९ करोड २० लाख रकम विनियोजन गरिएको जानकारी दिइन् । 

बजेटमा साधारण खर्च ९ प्रतिशत, सामाजिक सुरक्षा खर्च ७ प्रतिशत, विषयगतशाखाको ४ प्रतिशत, शसर्त कार्यको लागि २७ प्रतिशत र पुँजिगत खर्च ५३ प्रतिशत रहेको छ । 

मध्यपुर थिमि नगरपालिकाः 
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले केही आन्तरिक कारण बजेट आउन ढिला भएको बताए । उनले असारको अन्तिम सातासम्ममा नयाँ आर्थिक वर्षको बजेट ल्याउने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप