काठमाडौँको कुन ठाउँमा कति पर्छ घडेरीको मूल्य ? (सूचीसहित)
काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्रका १ सय ७७ स्थानको घडेरीको मूल्य सार्वजनिक गरेको छ । महानगरपालिकाको प्रमुख सडक र सडकको दायाँबायाँ जग्गाको सम्पत्ति कर मूल्याङ्कनका लागि घडेरीको मूल्य निर्धारण गरेको हो । महानगरले पेश गरेको आर्थिक वर्ष २०७६ ÷०७७ को बजेटमा घडेरीको मूल्य सार्वजनिक भएको हो । यही मूल्यका आधारमा महानगरले कर उठाउनेछ ।
काठमाडौँ उपत्यकामा घडेरीको मूल्य निकै महङ्गो छ । महानगरले प्रतिआना ४ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेको छ । पछिल्लो समय काठमाडौँमा घडेरीको मूल्य अकाशिएको छ । ५० लाख रुपैयाँ भन्दा महंगा घडेरी पनि छन् । तर महानगरले अधिकतम ५० लाख रुपैयाँसम्मको प्रतिआना घडेरीको मूल्याङ्कन गरेको छ ।
मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ, रिङरोड, गैह्रीगाउँ तिलगंगा सिनामंगल, गौशला चावहिल हुँदै मालपोत कार्यालयको सिमानासम्मको जग्गा प्रतिआना २८ लाख रुपैयाँसम्म तोकिएको छ ।
यता बालकुमारी पुलदेखि कोटेशवर हुँदै तिनकुने मिनभवन, नयाँबानेश्वर, विजुलीबजार थापाथली, त्रिपुरेशवर हुदै विष्णुमती पुलसम्म मूलसडकसँग जोडिएको जग्गाको प्रतिआना मूल्य ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
सबैभन्दा महङ्गो मूल्याङ्कन हनुमानढोका, न्युरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतीघर, त्रिपुरेश्वर, कमलादी, पुतलीसडक, भद्रकाली लगायतको मूल्य प्रतिआना ५० लाख निर्धारण गरेको छ ।
बाटो नभएको घडेरी प्रतिआना ४ लाख रुपैयाँ, गोरेटो बाटो भएको घरेडी प्रतिआना सात लाख रुपैयाँ, कच्ची मोटरबाटो भएको घडेरी १२ लाख रुपैयाँ प्रति आना पर्छ ।
यसैगरी, सहायक पक्की सडकको घडेरी १३ लाख रुपैयाँ प्रतिआना पर्छ । सोल्टीमोडदेखि हिमालय हाइट र छिन्नलता पुस्तकालयसम्मको पक्की सडक वरपरको घडेरी प्रतिआना १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ सिमानसम्को मुल सडकको घडेरी प्रतिआना १६ लाख रुपैयाँ निर्धारण गरिएको छ । महानगरले वडा नं. १५ अन्र्तगतको गोरेटोबाटोको घडेरी ९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ सोही वडाको बाटो नभएको घडेरी सात लाख प्रतिआना निर्धारण भएको छ ।
डिल्लीबजारदेखि पुतलीसडक जोड्ने ओरालो बाटो जोडिएको दाया बायाँका जग्गाहरु प्रतिआना ३० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न