शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले थाले जागरण अभियानमा खटिएका प्रतिनिधिसँग छलफल

बुधबार, ११ असार २०७६, १५ : ०७
बुधबार, ११ असार २०७६

काठमाडौं–नेपाली काँग्रेसले राष्ट्रिय जागरण अन्तर्गत प्रथम चरणको ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिहरुसँगको छलफल तथा अन्तरक्रिया थालेको छ । 

बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरुसँग छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सुरु भएको हो । 

पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानको प्रथम चरणको कार्यक्रमले पार्टीका आम कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि ल्याएको भन्दै त्यहाँको समस्या राख्न प्रतिनिधिलाई आग्रह गरे ।

उनले भने, ‘गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्नु हुने सबै केन्द्रीय प्रतिनिधि साथीहरुको क्रियाशील रहनुभयो । यसका लागि धन्यवाद । त्यहाँ देखिएका समस्या तथा कार्यकर्ताको सुझवा जानकारी गराउनु हुनेछ । यसबाट अहिलेको घडीमा आफूलाई थप बलियो बनाउने छ ।’

साथै उनले जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प सबैको साझा दायित्व भएको सभापति देउवाको भनाइ छ । साभापति देउवाले पहिलो चरणको अभियानमा भएका कमी कमजारीलाई सुधार्दै दोस्रो र तेस्रो चरणको अभियान अझै प्रभावकारी बनाउन सकिने बताए ।

पहिजो चरणको जागरण अभियान गत वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको थियो । 

दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसूची सार्वजनिक गरेको छ ।

पहिलो चरणअन्तर्गत ७७ जिल्लामा कार्यक्रम भएको थियो । दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ । प्रतिनिधिहरुसँगको छलफल तथा अन्तरक्रिया दुई दिनसम्म चल्ने छ । प्रत्येक प्रतिनिधिलाई १० मिनेट समय दिइएको छ ।

एक जना पूर्वका जिल्लामा खटेका प्रतिनिधिले बोलेपछि त्यसपछि एक जना सुदूरपश्चिमका जिल्लामा खटेको प्रतिनिधिलाई बोल्न दिइनेछ । 

सबै प्रतिनिधिले आफ्नो धारण राखिसकेपछि त्यसबारे पार्टी पदाधिकारीले १० मिनेट सम्बोधन गर्ने छन् । कार्यक्रम १५ घण्टा २५ मिनेटसम्म चल्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप