काठमाडौमा घर घडेरी कति हुनेले कतिसम्म कर तिर्नुपर्छ ?
काठमाडौं–काठमाडौ महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । महानगरले बजेट सार्वजनिक गर्दै सम्पत्तिको कर निर्धारण गरेको छ । महानगरले ०.०१० प्रतिशतदेखि ०.६०० प्रतिशतसम्म भवन र जग्गाको कर निर्धारण गरेको छ ।
शुरुको एक करोडको घरजग्गामा एक हजार कर तिर्नुपर्छ । पहिलो एक करोडमा एक हजार कर सँगै रकम अनुसार कर बढ्दै जानेछ । २ करोड मूल्यको घर जग्गामा २५ सय कर लाग्नेछ । महानगरले सार्वजनिक गरेको सम्पत्ति कर अनुसार ३ करोडको घरजग्गामा ०.२० प्रतिशत अर्थात ४५ सय कर तिर्नुपर्नेछ ।
४ करोडको सम्पत्तिमा ८ हजार ५ सय तिर्नु पर्नेछ । ५ करोडको सम्पत्तिमा १४ हजार ५ सय कर तिर्नुपर्नेछ ।
यसैगरी ६ करोड बराबरको घरजग्गाको ०.१०० प्रतिशतका दरले २४ हजार ५ सय रुपैयाँ कर लाग्नेछ । ८ करोड रुपैयाँ बराबरको घरजग्गामा ०.३०० प्रतिशतका दरले ८४ हजार ५ सय कर तिर्नुपर्नेछ ।
१० करोड रुपैयाँको घरजग्गामा ०.४५० प्रतिशतकादरले १ लाख ७४ हजार ५ सय रुपैयाँ कर बुझाउनु पर्ने व्यवस्था भएको छ । यता १० करोड रुपैयाँ माथिको घरजग्गाको कर ०.६०० कादरले बुझाउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि