५० हजार स्क्वेयर फिटमा बनेको ईशा अम्बानी–आनन्द पिरामलको नयाँ बंगला यस्तो (फोटोफिचर)
गत वर्ष डिसेम्बर १२ मा ईशा अम्बानी र आनन्द पिरामल विवाह बन्धनमा बाँधिएका थिए । उक्त विवाहमा बलिउड सेलिब्रिटीदेखि थुप्रै राजनीतिज्ञको पनि उपस्थती रह्यो । ईशा अम्बानीको विवाह निकै दिनसम्म चर्चामा रह्यो । विवाहपछि ईशा अम्बानी श्रीमान् आनन्द पिरामिलसँग आफ्नो नयाँ घर गुलिटामा सिफ्ट भइन् । आनन्द पिरामिलका आमा–बुवाले छोरा बुहारीलाई विवाहको उपहारस्वरुप उक्त घर दिएका थिए, उनलाई उनीहरुले आफ्नै तरिकाले मर्मत सम्भार गरे । ५० हजार स्क्वावेयर फिटमा बनेको यो घरको मूल्य ४५० करोड भारु बताइएको छ ।
पाँच तल्ले उक्त भवनमा उच्च छत भएको विशाल हल, स्विमिङ पुलबाहेक विभिन्न सुविधा छन् ।
भवनको भुइँ तल्लामा इन्ट्रान्स लबी छ, यसका साथै पहिलो तल्लामा डाइनिङ हल, मास्टर बेडरुमलगायत विभिन्न कुरा छन् ।
ईशा र आनन्दको नयाँ घरबाट अरब सागरका निकै रोचक दृश्य देख्न सकिन्छ ।
डायमण्ड थिममा आधारित बंगलामा निकै विशेष डायमण्ड रुम बनाइएको छ । उक्त भवनमा पुजा कोठा, तीन तल्लाको बेसमेन्ट पार्किङ र विभिन्न सुविधा छन् ।
लाउन्ज एरिया र ड्रेसिङ रुमका साथै सहयोगीका भिन्न क्वार्टर हरेक तल्लामा उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता