शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यौन उत्पीडनको आरोप लगाउने महिला मेरो ‘टाइप’की होइनः ट्रम्प

बुधबार, ११ असार २०७६, ०७ : ३८
बुधबार, ११ असार २०७६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडनको आरोप एकपटक पुनः खारेज गरेका छन् ।

हालै ७५ वर्षकी स्तम्भकार ए. जोन क्यारोलले सन् १९९० मा ट्रम्पले न्यूयोर्कको डिपार्टमेन्ट स्टोरमा उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएका थिए । ट्रम्पले ‘उनी शत प्रतिशत झुटो बोलिरहेको’ बताएका छन् ।

ट्रम्पले भने, ‘म सम्मानकाम साथ आफ्नो कुरा भन्न चाहन्छु । पहिलो त उनी मेरो टाइपकी होइन । दोस्रो, उनले जे भनिरहेकी छिन्, तयो कहिले पनि भएको छैन । ठिक छ ?’

Photo: GETTY IMAGES

शुक्रबार न्यूयोर्क म्यागजिनमार्फत क्यारोलले अमेरिकी राष्ट्रपतिमाथि आरोप लगाएकी थिइन् ।

राष्ट्रपतिको स्पष्टिकरणमाथि सीएनएनसँगको कुराकानीमा क्यारोलले भनिन्, ‘यो राम्रो हो कि म उनको टाइपकी छैन ।’

यसअघिका अन्तरवार्तामा क्यारोलले आफू ट्रम्पविरुद्ध अदालतसम्म जानेबारे पनि विचार गरिरहेको बताएकी थिइन् ।

यो पनि पढ्नुहोस्ः

लेखिकाको आरोप, ‘ट्रम्पले स्टोरको ड्रेसिङ रुममा यौन शोषण गरेका थिए,’ राष्ट्रपतिले दिए यस्तो जवाफ

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप