शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको सैनामैना नगरको बजेट ९० करोड ८५ लाख

मङ्गलबार, १० असार २०७६, १९ : ४३
मङ्गलबार, १० असार २०७६

बुटवल– समृद्ध सैनामैना नगरपालिका वनाउने संकल्पका साथ सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रवहादुर कार्कीले आर्थिक वर्ष २०७६/०७७ को लागि कूल ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । जसअनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा ४४ करोड ११ लाख १० हजार विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि ४६ करोड ७४ लाख ४१ हजार विनियोजन गरिएको छ ।
उक्त बजेट आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये संघीय सरकारबाट प्राप्त अनुदान ६६ करोड २ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ४ करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट ३ करोड १८ लाख ८२ हजार ५ सय ५५ रुपैयाँ, आन्तरिक स्रोतबाट १३ करोड १५ लाख ५५ हजार र ३ करोड ६२ लाख ५८ हजार ४ सय ४५ बचत तथा न्यूनबाट पूर्ति हुनेगरि आयको अनुमान गरिएको बजेटमा उल्लेख छ ।

नगर प्रमुख कार्कीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत र प्रभावकारी बनाइने उल्लेख छ भने जेष्ठ र अपाङ्ग नागरिकको भावनालाई कदर गर्दै प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. १ मा प्रदेश स्तरको जेष्ठ नागरिक ग्राम र अपाङ्ग ग्राम स्थापना गरिने उल्लेख छ ।

त्यसैगरी हरेक वर्ष जेष्ठ नागरिकहरुलाई गरिँदै आएको सम्मान कार्यक्रमलाई समेत निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी बजेटमा सैनामैना क्षेत्र, पर्राेहा परमेश्वर वोलवमधाम, मलमला, महेरवादेवी, कोटियाथान लगायतका मठ मन्दिर, डिउहार, मस्जिद, गुम्बा, चर्चहरुको संरक्षण तथा सम्बद्र्धन गर्दै नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान र विकासका लागि ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माण तथा प्रचार प्रसारका लागि वजेट विनियोजन गरेको उल्लेख छ ।

बजेटले  अन्तर स्थानीय तहको समन्वय र सहकार्यमा वारुणयन्त्र र विपद् जोखिम न्युनिकरणका सामग्री सहितको अन्तर स्थानीय तह विपद् व्यवस्थापन केन्द्र स्थापना गरि सैनामैना नगरपालिका, सुद्धोधन गाउँपालिका, कन्चन गाउँपालिका र गैडहवा गाउँपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र सञ्चालनका लागि वजेटको व्यवस्था मिलाएको छ ।

नगर प्रमुख कार्कीले एक घर दुई फलफूलको विरुवा रोप्ने नीतिलाई प्राथमिकता दिएको उल्लेख गर्दै मापदण्ड पूरा गरी नाली सहित कालोपत्रे सम्पन्न भइसकेका सडकको किनारामा मध्यम खालको बहुवर्षीय स्मृति वृक्ष रोप्ने कार्यलाई निरन्तरता दिएको उल्लेख गरेका छन् ।

बजेटले सैनामैना नगरपालिका वडा नं. ८ को मेजर रोडदेखि उत्तर र चक्रपथ देखि दक्षिण अन्दाजी २५० बिगाहा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण संहिताले निर्धारण गरेको मापदण्डअनुसार व्यवस्थित, सुन्दर र सुविधा सम्पन्न नमूना वस्ती विकासको लागि प्राथमिकता दिएको छ ।

बजेटमा नगरपालिकाको उपयुक्त स्थानमा सीप विकास प्रतिष्ठानको स्थापना गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।

नगर प्रमुख कार्कीले नगरपालिका क्षेत्रभित्र भएका वेदर्ता (अव्यवस्थित) जग्गाहरुलाई व्यक्ति वा संस्थाहरुले नगरपालिकामा पेश गरेको विवरण वमोजिम भए नभएको सम्बन्धमा नापी टोली खटाई जग्गाहरुको नापजाच गरी लगत राख्ने कार्यका लागि बजेट विनियोजन गरेको उललेख गरिएको छ ।

त्यसैगरी पर्यटन प्रबद्र्धनको लागि कोशेढुङ्गाको रुपमा रहेको सैनामैना वडा नं. ३ मा अवस्थित जलाशय निर्माण योजनाको डिपिआर तयार गर्न प्रदेश योजनामा समावेश गर्ने व्यवस्था मिलाएको बजेटमा उल्लेख छ ।
बजेटले ‘नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार’ भन्ने नारालाई आत्मसात गरी नगर यातायात गुरु योजनाले तोकेको मापदण्ड पुरा गरेका सडक स्तरउन्नती, कच्ची सडकहरुलाई प्राथमिकताका आधारमा क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका गाउँभित्रका परम्परागत सडकहरुको स्तरोन्नति गर्ने कार्यलाई आवश्यक वजेट विनियोजन गरेको छ ।

त्यसैगरी वडा नं. १० मा निर्माणाधिन रहेको सालझण्डी ढोरपाटन बसपार्कको स्तरोन्नती गरी सञ्चालनमा ल्याउने गरी वजेटको व्यवस्था मिलाइएको भने प्रदेश सरकार समेतको सहभागितामा वडा नं. ३ र ८ मा निर्माणाधीन साप्ताहिक हाटबजार निर्माण सम्पन्न गर्न वजेटको व्यवस्था गरिएको छ ।

‘सफा घर, टोल र शहर सैनामैनावासीको एउटै रहर’ अभियानलाई सार्थक बनाउन फोहरमैलाको अल्पकालिन व्यवस्थापनको शुरुवात भइसकेकोले यसलाई थप व्यवस्थित गर्दै लैजान आवश्यक व्यवस्था मिलाएको बजेटमा उल्लेख छ ।

फोहरमैला व्यवस्थापनको लागि ५ वर्षे सम्झौता भई कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै बजेटमा दीर्घकालीन रुपमा ल्यान्डफिल साइट निर्माणको लागि डिपिआर समेत तयार भैसकेकोले यस आर्थिक वर्षमा निर्माण कार्य आरम्भ गर्ने गरी वजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

प्रसुति गराउने महिला र ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको बजेटमा उल्लेख छ भने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको र महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोष स्थापना गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको उल्लेख छ । त्यसैगरी विभिन्न रोगहरुको लागि ५८ प्रकारका औषधीहरु निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था मिलाएको बजेटमा उल्लेख छ ।

‘शारीरिक, मानसिक, सामाजिक रुपमा स्वस्थ जन सैनामैनाको धन’ भन्ने नारालाई साकार पार्न संघीय सरकारमार्फत स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रमअनुरुप विशेषज्ञ सहितको सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएकोे बजेटमा उल्लेख छ ।

वडा नं. १ वनकट्टामा रहेको प्राकृतिक चिकित्सा केन्द्रलाई प्राकृतिक तथा आयुर्वेदिक अस्पतालको रुपमा विकास गर्न र वडा नं. ११ मा रहेको सर्पदंश अस्पताल र सालझण्डी स्वास्थ्य चौकीलाई एकीकृत गरि दुवै स्वास्थ्य संस्थाहरुलाई सञ्चालनमा ल्याउन बजेटले व्यवस्था गरेको छ ।

त्यसैगरी ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ अभियानलाई सार्थक बनाउन वडा नं. ७ लमटैयामा प्रारम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डिपिआर तयार गरी पूर्वाधार निर्माणको कार्य अगाडि बढाउने व्यवस्था मिलाएको बजेटमा उल्लेख छ ।

बजेटले नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा भर्नादर बढाउन तथा विद्यालय छाडने दर घटाउनका लागि अति विपन्न वर्गका बाल(वालिकालाई प्रोत्साहन गर्ने कार्यक्रमहरु समावेश गरेको छ ।
त्यस्तै, विद्यालयलाई प्रविधिमैत्री बनाउन ई–क्लास सञ्चालन र व्यवस्थापनको लागि शिक्षकलाई आइसिटीको प्रयोग सम्बन्धी तालिमको व्यवस्था गर्नुका साथै सबै सामुदायिक विद्यालयका साना कक्षाहरुलाई बालमैत्री कक्षा व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छ ।

बजेटमा विद्यालयलाई सुर्तिजन्य पदार्थ तथा जङ्कफुड निषेधित क्षेत्र बनाइनेछ । कक्षा ५ सम्म अध्ययनरत साना बालबालिकालाई घरमै तयार गरिएको खाजा खाने बानीको विकासको लागि टिफिन बक्स वितरण गर्ने व्यवस्था बजेटले मिलाएको छ


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप