शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको बजेट सार्वजनिक, गएको वर्ष भन्दा एक अर्बले बढी

मङ्गलबार, १० असार २०७६, १८ : ५०
मङ्गलबार, १० असार २०७६

पोखरा– आगामी वर्ष २०७६/०७७ को लागि पोखरा महागनरले ७ अर्ब ५४ लाखको बजेट पेश गरेको छ । गत वर्षभन्दा यो आर्थिक वर्षको बजेट १ अर्ब बढी छ ।   महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको लागि नगर सरकारकोे आय र व्ययको अनुमान पेश गरेकी हुन् । 

कुल बजेटको २ अर्ब १५ करोड ५४ लाख ४० हजार प्रशानिक तर्फ र पुँजीगततर्फ ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजन गरिएको छ ।  महानगरको बजेटमा पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिएको छ । विकट क्षेत्रलाई सडक कनेक्टीभिटीमार्फत महानगरसँग जोड्न आगामी आर्थिक वर्षमा सक्र्ने गरि ७२ करोड ४० लाख विनियोजना गरिएको छ । 

महानगरका निर्माण भइरहेका ७ र ९ वटा नयाँ वडाका वडा कार्यालय भवन निर्माण गर्न २४ करोड ९७ लाख र महानगरको प्रशासकीय भवन निर्माणको लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । उज्यालो  पोखरा कार्यक्रमअन्र्तगत सडक बत्तिलाई नेपाल विद्युत प्राधिकरणको सहकार्यमा स्मार्ट सडक बत्ती व्यवस्था गर्न १ करोड विनियोजन गरिएको छ । 

अन्तर्राष्ट्रिय स्तरको सभाहलको लागि ३ करोड बजेट विनियोजन गरिएको छ । मुख्य सहरी सडक अस्फाल्ट कंक्रट गर्ने कार्यको लागि ८ करोड ४९ लाख विनियोजन गरिएको छ । शहरी एरियामा सिसिटिभि क्यामेरा जडानको लागि २ करोड, महानगरको डिजिटल गुरुयोजना निर्माणको लागि ४ करोड रुपैयाँ विनियोजना गरिएको छ । पोखरा बसपार्क र लामे आहालमा बसपार्क निर्माण, बधशाला निर्माण लगायतका योजना बजेटमा समावेश गरिएका छन् ।

सहकारीको एकीकरणमा जोड दिँदै कृषि सहकारीलाई छुट तथा अनुदान दिने र सिप विकास प्रशिक्षण केन्द्र स्थापना गर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्न २०७५ देखि ७८ सम्म सार्वजनिक जग्गा संरक्षण वर्ष घोषण गरिएको छ ।

यस्तै एक प्रादेशिक एक प्रविधी मैत्री विद्यालय सञ्चालन गर्न २ करोड र पोखरा प्राविधिक शिक्षालयको लागि दुइ करोड विनियोजन गरिएको छ ।  फेवाताल जलाधार क्षेत्र संरक्षण सिल्टेड ड्याम निर्माण गर्न ३३ करोड ४३ लाख विनियोजन गरिएकोछ । एक वडा एक फलफुल बगँैचा, एक विद्यालय दश बिरुवाको लागि जोड दिइएको छ । 

सराङकोट, कास्कीकोट, भदौरे, पुम्दीभुम्दी जोड्ने पदमार्ग निर्माणको लागि २ करोड विनियोजना गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महानगरका कर्मचारीलाई वार्षिक एकहप्ते भ्रमण भत्ता उपलब्ध गराउने बजेटमा उल्लेख छ । 

मेयर प्रबिधि मैत्री कृषि परियोजनाको लागि २ करोड र जेठेबुडो र पोखरेली मसिना धान उत्पादनमा बजेट बिनियोजन गरिएको छ ।  समृद्धि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई सम्मान व्यवहार भन्ने नाराका साथ महिला सशक्तिकरण र उद्यमशिलताको लागि २ करोड विनियोजन गरिएको छ । 

५० महिला उद्यमी ५ सय महिला रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड विनियोजिन गरिएको छ । सिप विकास केन्द्र स्थापनाको लागि २ करोड विनियोजन गरिएको छ ।  गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान र वडा नम्बर २० मा हाई अल्टिच्युट खेल मैदान निर्माण गर्न ३ करोड विनियोजना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप