शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एनएसजेएफ पल्सर स्पोर्ट अवार्ड–२०७५’ सम्पन्न, विभिन्न विधाका खेलाडीहरु सम्मानका लागि छानिए

मङ्गलबार, १० असार २०७६, १८ : ०५
मङ्गलबार, १० असार २०७६

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चद्धारा आयोजित एनएसजेएफ पल्सर स्र्पोट अवार्ड– २०७५ बाट विभिन्न विधाका खेलाडीहरु सम्मानका लागि छानिएका छन् । मंगलबार राजधानिमा आयोजित एक कार्यक्रमका बीच गत वर्ष विभिन्न खेल क्षेत्रमा रहेर योगदान दिने उत्कउष्ट खेलाडीहरुको नाम सार्वजनिक गरिएको हो । 

पल्सर अवार्ड २०७५ महिला र पुरुष गरि ९ विधामा अवार्ड वितरण गरिने भएको छ । पुरस्कार तथा सम्मान अवार्ड यहि आउदो १७ वितरण गरिदै छ । गत वर्ष उत्कृष्ट खेल प्रदर्शन गर्दै पल्सर अवार्डबाट सम्मानित हुनेहरुमा पुरुष तर्फ युकेश गुरुङ(प्याराग्लाइडिङ), पारस खड्का(क्रिकेट), इन्द्र बहादुर श्रेष्ठ(जुडो), सोमपाल कामी(क्रिकेट) र शुक्र बहादुर राई(गल्फ) रहेका छन् । 

त्यस्तै, महिला तर्फ सावित्रा भण्डारी(फुटबल), सरस्वती चौधरी(भलिबल), सिता रानामगर(क्रिकेट), निमा गुरुङ(तेक्वान्दो) र मनिता श्रेष्ठ(जुडो) रहेका छन् ।  यी खेलाडीहरु विभिन्न चरण तथा प्रक्रिया पु¥याएर सम्मानका लागि मनोनित भएका हुन् । एनएफजेएफले हरेक वर्ष पल्सर स्र्पोट अवार्ड प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप