बजेटसँग सम्बन्धित ३ वटा विधेयक संसदमा प्रस्तुत
मङ्गलबार, १० असार २०७६, १६ : ४०
काठमाडौं– सरकारले आगामी आर्थिक बर्षको बजेटसँग सम्बन्धित विभिन्न ३ वटा विधेयक संसदमा प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौं) संशोधन २०७६ पेस गरेका हुन् । अर्थमन्त्रीले तीनवटै विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।
त्यसैगरी बैठकले अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक २०७६ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई वहुमतले पारित गरेको छ । विनियोजन विधेयक अन्र्तगत विभिन्न शीर्षकमा सांसदहरुबाट प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक वहुमतले पारित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते शुक्रबार ४ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद