शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सीम सीम लाबा’मा रन्जिता र याङछुको रोमान्स

मङ्गलबार, १० असार २०७६, १६ : ०२
मङ्गलबार, १० असार २०७६

काठमाडौं – गायक आर.बि. लामाको नयाँ गीत ‘सीम सीम लाबा’ सार्वजनिक भएको छ । गीत एक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

करिब आधा दर्जन गीत तयार गरेका लामाले अहिले एकसाथ तीन गीत सार्वजनिक गरेका छन् । तीमध्य ‘सीम सीम लाबा’ भिडियो सहित सार्वजनिक गरेका हुन् । 

गाउँघरमा गुन्गुनाइने भाका र शैलीमा तयार पारिएको गतिको भिडियोमा मिस तामाङ्ग २०१८ की फस्ट रनरअप रन्जिता लामा, म्हेन्दामायाका मोडेल याङछु तामाङ्गको अभिनय छ । गीत मिना लामाको शब्द÷संगीत तथा राजु खड्काको एरेन्जमा तयार भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप