रौतहटमा प्रहरीको गाडी दुर्घटना, ६ प्रहरीसहित १० जना घाइते
मङ्गलबार, १० असार २०७६, १५ : ३०
रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१ झ ५३८९ नम्बरकाे भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।
घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने दुई थुनुवा रमेश चौधरी, निर्मला साहपनि गम्भीर घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएकाे जनाइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान