बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल मेडिसिटी अस्पतालद्वारा रक्तदान कार्यक्रम आयोजना, २०० भन्दा बढि यतायात मजदुरले गरे रक्तदान

मङ्गलबार, १० असार २०७६, १४ : १९
मङ्गलबार, १० असार २०७६

ललितपुर– नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बृहद् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २०० भन्दा बढि सर्वसाधारणले रक्तदान गरेका छन् । 

यसअघि देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको संगठनले आफ्नो स्थापनाको ४०औं स्थापना दिवस मनाउँदै गर्दा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरु, तथा स्वास्थ्यकर्मीहरुको सहभागिताका सञ्चालन हुँदै आएको शिविरमा यसपटक भने नेपाल मेडिसिटीको ब्लड बैंक युनिट सहभागि रहेको थियो । 

आफ्नै भवनभित्र ब्लड बैंक रहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले रक्तदानले आपत्कालिन अवस्थामा जो कोहिको ज्यान जोगाउने भएकाले संगठनसँग सहकार्य गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुु भएको छ । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि कार्यक्रममा सहभागीता रहेको थियो । 

रक्तदान कार्यक्रमका लागि उत्साहजनक सहभागिता रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका  केन्द्रिय अध्यक्ष भिम ज्वाला राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप