केन्द्रीय संस्करण

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

person explore access_timeअसार १०, २०७६ chat_bubble_outline0
file photo

सियोल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । 

संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । 
यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । 

राष्ट्रपति ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेका छन् । उनको कोरियाको औपचारिक भ्रमणका लागि शनिबार सियोल आइपुग्नेछन् ।  सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्नुहुने ब्लु हाउसले जनाएको छ ।

 दुई नेताबीचको भेटका क्रममा अमेरिका र दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा कोरियाली द्वीपलाई आणविक निशस्त्रीकरण गर्ने विषयमा छलफल हुने बताइएको छ । 

मुन र ट्रम्पबीच तीन महिनाभन्दा कम समयमा पुनः भेटवार्ता हुन लागेको हो । यसअघि गत अप्रिलमा यी दुई नेताबीच वासिङ्टनमा भेटवार्ता भएको थियो ।  ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सियोलको भ्रमण गरेका थिए । दक्षिण कोरिया भ्रमण गर्नुअघि जापानको ओशाकामा हुने जि२० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागिता जनाउनेछन् । 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको हो । –सिन्हवा
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...