बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी कप्तानको समर्थनमा उत्रिए बलिउड सेलिब्रिटी, गाली गरेको भिडियोमा बबाल

मङ्गलबार, १० असार २०७६, ११ : ३२
मङ्गलबार, १० असार २०७६

जून १६ तारिखमा म्यान्चेस्टरमा भएको भारत विरुद्ध पाकिस्तानको खेलपछि पाकिस्तानले जुन हार व्यवहोर्यो त्यसले खेलाडीलाई पनि प्रभावित पारिरहेको छ । यसका लागि पाकिस्तानी कप्तान सरफराज अहमदलाई अत्यधिक ट्रोल गरिँदैछ ।

खेलपछि पाकिस्तानी क्रिकेटका प्रशंसकले सोसल मिडियामा विभिन्न भिडियो सेयर गरेर पाकिस्तानी खेलाडीको आलोचना गर्न सुरु गरे ।

मामला त्यतिबेला चर्कियो जब छोरीसँग एउटा मलमा पुगेका कप्तान सरफराज अहमदलाई एक व्यक्तिले रोकेर तथानाम गाली गर्न सुरु गरे । यति मात्रै होइन, यी व्यक्तिले सरफराजको अगाडि उभिएर गाली गर्दै भिडियोसमेत बनाएका छन् । उनको यस्तो व्यवहारमा बलिउड सेलिब्रिटीले उनको विरोध गरेका छन् ।

सरफराजमाथि अभद्र टिप्पणी गर्ने यी व्यक्तिलाई बलिउडका मात्र नभई टिभीका कलाकारले पनि आलोचना गरेका छन् ।

अभिनेता रितेश देशमुखले उक्त भिडियो सेयर गर्दै लेखेका छन्, ‘क्रिकेटको इतिहासमा थुप्रै कप्तानहरुले महत्वपूर्ण हार देखेका छन् । सरफराज अहमदमाथि यस्तो व्यवहार गर्नु हुँदैनथ्यो । यो शोषण हो । यो त हेर्नुपर्छ कि उनी आफ्नो बच्चासँग छन् ।’

यसका साथै टिभी अभिनेत्री गौहर खानले पनि यो भिडियो सेयर गर्दै कमेन्ट गरिन्, ‘कस्तो मुर्ख हो । यसको नाम पत्ता लगाएर बेइज्जत गर । एक खेलाडीले कहिलेकाँही राम्रोसँग खेल्न नसक्दा हामीले उनीमाथि दुर्व्यवहार गर्ने ? यो व्यक्तिलाई लाज लाग्नुपर्ने हो । विशेषगरी त्यतिबेला जब उनको अँगालोमा उनकी छोरी छिन् । यी व्यक्तिका आमाबुवाले उनलाई थप्पड हान्नुपर्छ ।’

टिभी अभिनेता जय भानुशालीले पनि लेखेका छन्, ‘लज्जास्पद । सरफाज, तपाईंले गज्जब गर्नुभयो तर आफ्नी बच्चाको अगाडि तपाईंलाई तथानाम गाली गर्नेलाई थप्पड हानेको भए मलाई धेरै राम्रो लाग्थ्यो ।’

बिग बस फेम र चर्चित निर्देशक विकास गुप्ताले पनि भिडियो सेयर गर्दै भनेका छन्, ‘एक खेल हारेपछि टिमका क्याप्टेनको उपहास गर्ने तथाकथित प्रशंसकको यो व्यवहार कति लज्जास्पद छ । यी व्यक्ति कति असंवेदनशील र खराब छन् भनेर यो भिडियो प्रमाणित गरेको छ । यो भिडियो रेकर्ड गरेर र कप्तान सरफराज अहमदलाई बच्चासँग देखेर पनि भद्दा कमेन्ट गरेर उनले कति गर्व महसुस गरिरहेका छन् ।’

स्मरण रहोस्, भिडियोमा आइरहेको नकारात्मक टिप्पणीपछि उनले आफ्नो गल्ती स्विकार गरेका छन् । उनले ट्वीटरमा भिडियो जारी गरेर सरफराजसँग माफी मागेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप