शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जावलाखेलमा भेटिएको शंकास्पद वस्तु ‘स्कुल ब्याग’

मङ्गलबार, १० असार २०७६, १० : ४५
मङ्गलबार, १० असार २०७६

ललितपुर जिल्लाको जावलाखेलस्थित प्रेरा कम्प्लेक्सको भुई तलामा भेटिएको शंकास्पद वस्तु ‘स्कुल ब्याग’ भएको पत्ता लागेको छ ।

प्रेरा कम्प्लेक्सको भुई तलाको उत्तर तर्फ रहेको आयुषा फाष्टफुड रेष्टुरेण्ट एण्ड बारको पेटीमा शंकास्पद झोला फेला परेको सुचनाको आधारमा तत्काल प्रहरी घटनास्थलमा खटिएको थियो । 

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको निगरानीमा नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त शंकास्पद झोला जावलाखेल फुटवल ग्राउण्डमा लगी विहान ६ः३५ वजेको समयमा डिष्पोज गर्दा उक्त झोलामा नव प्रभात माध्यामिक विद्यालय, ललितपुरमा कक्षा ९ मा अध्ययनरत छात्र निशान काफ्लेको किताव, कापीहरु रहेको पाईएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक 
दुर्गा सिंहले  छात्र काफ्लेले सोमबार वेलुका आफ्नो ठेलागाडामा सामान वेच्ने आमासँग बस्दा उक्त स्कुल व्याग सोही स्थानमा बिर्सिएको खुल्न आएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप