जावलाखेलको खेल मैदानमा प्रेसर कुकर बम भेटियो
मङ्गलबार, १० असार २०७६, १० : १७
ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । मंगलबार विहान ७ विप्लव समूहका कार्यकर्ताले राखेको प्रेसर कुकर बम भेटिएको हो ।
प्रहरीका अनुसार खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।
सर्लाहीमा प्रहरीको गोलीप्रहारबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले आज नेपाल बन्द घोषणा गरेको छ ।