शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आयोजक इङ्ल्यान्ड र अस्ट्रेलियाको भिडन्त आज

मङ्गलबार, १० असार २०७६, १० : ०१
मङ्गलबार, १० असार २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) साविक विजेता अस्ट्रेलिया र आयोजक इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा साँझ ३ः१५ बजेदेखि सुरु हुने खेलमा दुवै टोलीले जित निकाल्ने दावी गरेका छन् । जारी  विश्वकपमा अस्ट्रेलिया र इङ्ल्यान्ड उपाधिको दाबेदार टोली हुन् । दुवैले सातौं खेल खेल्दै छन् ।

यसअघिका ६ खेलमा अस्ट्रेलियाले पाँच जित र एक हारको नतिजा निकालेको छ । इङ्ल्यान्डले चार जित र दुई खेलमा हार खेपेको छ । अस्ट्रेलिया १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आठ अंक बनाएको इङ्ल्यन्ड चौथो स्थानमा छ ।

 समान स्तरका यी टोली बीच यसअघि भएका खेलहरुमा अन्तर्राष्ट्रिय केही बलियो देखिएको छ । यसअघिको विश्वकप नतिजामा पनि अस्ट्रेलिया माथि देखिन्छ । विश्वकपमा यी दुई टोली सात पटक भिडेका छन् । जसमा अस्ट्रेलिया पाँच र इङ्ल्यान्डले दुई खेल जितेको छ । उत्कृष्ट लयमा रहेका यी दुर्व टोलीबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप