शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी

मङ्गलबार, १० असार २०७६, ०९ : २६
मङ्गलबार, १० असार २०७६

नवलपुरको कावासोती नगरपालिकाका  उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ ।

राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो ।

उपप्रमुख मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको गाडीमा आगजनी भएको हो । 

 मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर फरार भएका थिए । भने, आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । 

गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप