
ADVERTISEMENT
कडा सुरक्षा रहेकाे पोखराका विभिन्न स्थानमा बम फेला

पोखरा – पोखरा छिर्ने मुख्य नाका विजयपुर पुल नजिकै प्रेसर कुकर बम भेटिएको छ । यस्तै, अन्य दुई छुट्छाछुट्टै ठाउँमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बैदाम र तालचोकमा पनि शंकास्पद बस्तु भेटिएको छ । कडा सुरक्षाकाविच विजयपुरमा भेटिएको बम डिस्पोज तयारी थालेको प्रहरीले जनाएको छ ।
बन्दको एक दिन अगाडि हिजो मात्रै पोखराको व्यस्त तरकारी बजारमा विप्लव नेतृत्वको पार्टीको पर्चा र शंकास्पद बस्तु भेटिएको थियो ।
पोखरामाबन्दको प्रभाव पूर्ण रुपमा परेको देखिन्छ । नीजि बाहेक सार्वजनिक सवारी फाट्टफुट्ट मात्रै चलेका छन् । बैदाम प्रहरीका डिएसपी कोमल शाहको अनुसार प्रहरीले स्कर्टीङ गरेर सार्वजनिक सवारी चलाउँने तयारी गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ