रबिनादेखि अभिषेकसम्मः आखिर किन अन्तिम अवस्थामा टुट्यो यी सेलिब्रिटीको विवाह
बलिउडमा यस्ता थुप्रै स्टार्स छन् जो प्रेम सम्बन्धमा रहे र विवाह पूर्व एकअर्कालाई डेट पनि गरे । यद्यपी, यीमध्ये कतिको सम्बन्ध इन्गेजमेन्टसम्म पुग्यो तरपनि अन्तिम अवस्थामा विवाह टुट्यो । यसमा रबिना टन्डनदेखि सलमान खानसम्मको नाम समावेश छ । आज हामी तपाईंलाई यस्तै सेलिब्रिटीबारे जानकारी दिँदै छौं जसको विवाह अन्तिम अवस्थामा टुटेको थियो ।
रबिना टन्डन र अक्षय कुमारः
फिल्म मोहरा (सन् १९९४) मा रबिना टन्डन र अक्षयले सँगै काम गरे । फिल्मको सफलतापछि दुबै नजिकिए । यी दुईबिच तीन वर्षको सम्बन्ध रह्यो । रबिनाले एक अन्तर्वार्तामा अक्षयसँग मन्दिरमा गोप्य रुपमा इन्गेजमेन्ट गरेको स्विकारेकी थिइन् । अक्षयलाई आफ्नो चर्चा कम हुने डर थियो त्यसकारण आफूले उक्त कुरा लुकाएको बताइन् ।
दुबैको सम्बन्ध विवाह नजिक पुगेको थियो तर यसैबिच अक्षयको जीवनमा शिल्पाको उपस्थितीले उनीहरुलाई एक अर्काबाट अलग्गयायो । अक्षय रबिना र शिल्पा दुबैलाई डेट गरिरहेको पनि बताइन्छ । पछि अक्षयले ट्वींकल खन्ना र रबिनाले व्यापारी अनिल थडानीसँग विवाह गरिन् ।
अभिषेक बच्चन र करिश्मा कपूरः
करिश्मा–अभिषेकको प्रेमको सुरुवात अभिषेककी दिदी श्वेताको विवाहपछि भयो । वास्तवमा श्वेताको विवाह करिश्माकी फूपूसँग भएको हो । विवाहको क्रममा दुबै एक अर्कासँग नजिकिएका थिए ।
यतिबेला अभिषेकले उनको डेब्यू फिल्म ‘रिफ्युजी’ पाए । फिल्मकी नायिका करिना कपुर सेटमा अभिषेकलाई ‘भिनाजु’ भनेर बोलाउने गर्दथिन् भन्ने खबर फैलिएको थियो ।
करिश्माकी आमा बबितालाई अभिषेक मनपर्दैनथे । यसको एउटा कारण यो पनि थियो कि त्यतिबेला अभिषेकको फिल्म फ्लप भइरहेको थियो जबकी करिश्मा शीर्ष नायिका थिइन् ।
बबितालाई यो कुराको डर थियो कि अभिषेकको करियर सफल भएन भने के होला । करिश्मा पनि आमाको निर्णयलाई विरोध गर्न सकिनन् जसका कारण उक्त विवाह टुट्यो ।
पछि अभिषेकले ऐश्वर्या रायसँग विवाह गरे । करिष्मा कपुरले पनि संजय कपूरसँग विवाह गरिन् । यद्यपी, संजय र करिष्माको अहिले सम्बन्धविच्छेद भइसकेको छ । संजय कपूरले प्रिया चटवालसँग तेस्रो विवाह गरेका छन् ।
सलमान खान र संगीता बिजलानीः
सलमान र संगीता बिजलानी एक समय निकै गहिरो प्रेममा थिए । दुबैको सम्बन्ध विवाहको नजिक पुगिसकेको थियो । यद्यपी, यसैबिच सलमानको जीवनमा सोमी अली आइन् र संगीता उनीबाट टाढा भइन् । सलमानले एक अन्तर्वार्तामा संगीतासँग उनको विवाहको कार्ड पनि छापिसकेको बताएका थिए तर अन्तिम अवस्थामा कुरा मिलेन र दुबैको विवाह टुट्यो ।
श्रीदेवी र मिथुन चक्रवर्तीः
बेलाबेला श्रीदेवीको नाम उनका सह–नायकसँग जोडिने गर्दथ्यो । एक समय श्रीदेवी र मिथुन चक्रवर्तीको सम्बन्धले बजार तताएको थियो । पछि दुबै अलग्गिए ।
सन् १९९६ मा श्रीदेवीले प्रशंसक र फिल्मी उद्योगका मानिसहरुलाई चकित पार्दै ८ वर्ष जेठा बोनी कपूरसँग विवाह गरिन् । श्रीदेवी बोनीसँगको आफ्नो विवाह रोक्न चाहन्थिन् तर बाध्य भएर उनले विवाह गर्नुपरेको बताइन्छ । श्रीदेवी विवाह पूर्व गर्भवती भएको पनि बताइन्छ ।
जितेन्द्र र हेमा मालिनीः
जितेन्द्र कुनैबेला हेमा मालिनीसँग नजिक थिए । यहाँसम्म कि उनी आफ्नी प्रेमिका शोभालाई छोडेर हेमासँग विवाह गर्ने तयारीमा थिए तर अन्तिम अवस्थामा यी दुईको बिचमा धर्मेन्द्र आए ।
सन् १९७५ मा रिलिज भएको फिल्म दुल्हनको सुटिङको क्रममा जितेन्द्र, हेमा मालिनी नजिकिए । दुबैले विवाह गर्ने निर्णय पनि गरेका थिए ।
जब यो कुरा जितेन्द्रकी प्रेमिका र बालसखा शोभा कपूरलाई थाहा भयो तब उनले धर्मेन्द्रलाई सम्झाउने जिम्मेवारी सुम्पिइन् । फलस्वरुप उक्त विवाह टुट्यो । पछि धर्मेन्द्र आफैंले हेमासँग दोस्रो विवाह गरे ।
विवेक ओबरोय, गुरप्रित गिलः
विवेक ओबरोय र गुरप्रित गिल सन् २००० मा एक अर्कालाई डेट गर्दथे । सन् २००२ मा दुबैले इन्गेजमेन्ट पनि गरेको बताइन्छ । गुरप्रितका अनुसार जब उनी विवेकसँगको सम्बन्धमा थिइन् तब उनलाई उनको काम र व्यस्त जीवनशैलीबारे थाहा थिएन । सम्बन्धमा तिक्तता कहिले देखि आयो भन्ने प्रश्नमा उनले भनिन्, ‘फिल्म रोडको सुटिङका क्रममा विवेक मैले उनको कपडा डिजाइन गरोस् भन्ने चाहन्थे तर मैले यस्तो गरिनँ । यही कुराले हाम्रो सम्बन्ध चिसो भयो । त्यसपछि विवेकले ममाथि विभिन्न झुटा आरोप लगाए जसका कारण हामीले अलग हुने निर्णय गर्यौं ।’
विवेकले सन् २०१० को अक्टोबर २९ तारिखमा प्रियंका अल्वासँग विवाह गरे ।
साजिद खान, गौहर खानः
मोडलिङका दिनमा टेलिभिजन नायिका गौहर खानले निर्देशक साजिद दानसँग इन्गेजमेन्ट गरेकी थिइन् । दुबैले सन् २००३ मा विवाह गर्ने योजना पनि बनाएका थिए । यद्यपी, केही कारणवश उनीहरुको सम्बन्ध टुट्यो ।
नील नितिन मुकेश र प्रियंका भाटियाः
नील नितिन मुकेशको प्रियंका भाटियासँग करिब दुई वर्षसम्म प्रेम सम्बन्ध रह्यो । दुबैले इन्गेजमेन्ट पनि गरेको खबर सार्वजनिक भएको थियो ।
यद्यपी, त्यतिबेला नीललाई फिल्मको अफर आउन थाल्यो र उनलाई लाग्यो कि विवाह पछि परिवारका साथै फिल्मा काम गर्न निकै समस्या हुनेछ । त्यसपछि उनले इन्गेजमेन्ट नै तोडेको बताइन्छ ।
अर्कोतर्फ यो पनि खबर थियो कि नीलको जीवनशैलीसँग प्रियंकाले तालमेल मिलाउन सकिरहेकी थिइनन् । यसै कारण उनले नीलसँग अलग हुने निर्णय गरेकी थिइन् ।
नीलले सन् २०१७ को फेब्रुअरीमा रुक्मिणी सहायसँग विवाह गरे ।
मल्लिका शेरावत, विजय सिंहः
सन् २०१३ मा मल्लिका शेरावतले टेलिभिजन कार्यक्रम ‘द ब्याचलर इन्डिया मेरे ख्यालों की मल्लिका’ मा विजय सिंहलाई पार्टनरको रुपमा छानिन् । मल्लिकाले इन्गेजमेन्ट गरिन् तर एक वर्षपछि नै सम्बन्ध तोडिन् ।
एक अन्तर्वार्तामा मल्लिकाभन्दा १२ वर्ष कान्छा विजयले भनेका थिए, ‘त्यो एक सम्झौता थियो जसमा मल्लिकाले एक वर्षभित्र मसँग विवाह गर्न सक्ने लेखिएको थियो । उनले चाहिन् भने यसलाई अस्विकार पनि गर्न सक्छिन् भन्ने पनि लेखिएको थियो ।’
विजय थप्छन्, ‘एक वर्षका लागि उनले मलाई लस एन्जिलिस बोलाइन् तर म जान सकिनँ ।’
‘एक वर्षपछि उनले मलाई यो हिन्ट दिन सुरु गरेकी थिइन् कि म उनीभन्दा निकै सानो छु र एज ग्याप भएको सम्बन्ध कहिले पनि टिक्दैन । केही महिनापछि उनले मेरो फोन नै उठाउन छाडिन्,’ उनले भने ।
‘पछि मैले पनि फोन गर्न बन्द गरें । मलाई थाहा भयो कि यस्ता रियालिटी कार्यक्रम झुटा हुन्छन् । म कार्यक्रममा विवाह हुने उद्देश्यसहित आएको थियो तर त्यस्तो हुन सकेन ।’
शिल्पा शिन्दे, रोमित राजः
भाबीजी घर पर हे मा अंगुरी भाभीको भूमिका निर्वाह गरिसकेकी शिल्पा शिन्देको विवाह अभिनेता रोमित राजसँग तय भइसकेको थियो । दुबैको टेलिश्रृङ्खला ‘मायका’ सेटका काम गरिरहेका बेला प्रेम बस्यो र परिवारको सहमतीपछि सन् २००९ को नोभेम्बर २९ मा गोवामा विवाह गर्ने तयारीमा थिए ।
विवाहको कार्डसम्म छापिसकेको बताइन्छ । यद्यपी, पछि शिल्पालाई महसुस भयो कि रोमित उनको अभिभावकलाई महत्व दिइरहेका छैनन् त्यसकारण उनले अन्तिम अवस्थामा विवाह तोडिन् । पछि रोमितले टीन कक्कडसँग विवाह गरे ।
विवाह टुटेको करिब ७ वर्षपछि एक अन्तर्वार्तामा अलग भएको कारण बताउँदै शिल्पाले भनेकी थिइन्, ‘मैले रोमितको परिवारका लागि थुप्रै गरें तर उनले कहिले पनि एडजस्ट गरेनन् ।’
बरखा बिष्ट र करण सिंह ग्रोवरः
एमटीभीको कार्यक्रम कितनी मस्त हे जिन्दगी (सन् २००४) को सेटमा करण र बरखाको सम्बन्ध सुरु भयो दुबैले इन्गेजमेन्टसम्म गरेका थिए । तर सन् २००८ मा उनीहरुको सम्बन्ध टुट्यो ।
पछि बरखाले इन्द्रनील सेनगुप्तासँग विवाह गरिन् भने करण सिंह ग्रोवरले सन् २०१६ मा बिपाशा बसुसँग विवाह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र