कार दुर्घटनामा परी काठमाडौँका एकै परिवारका दुई जनाको मृत्यु
मङ्गलबार, १० असार २०७६, ०८ : ०५
सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार राति करिब १२ बजे खोटाङको हलेसी महादेवको दर्शन गरी काठमाडौं फर्कदै गरेका काठमाडौं महानगरपालिका–२१ नयाँ बारेश्वरका एकै परिवारका ४६ वर्षीया हेमा लामिछाने र ५७ वर्षीय अच्युत लामिछानेको मृत्यु भएको हो ।
बा १३ च ३७९३ नम्बरको कार सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परी काठमाडौं–२१ कै २२ वर्षीया आस्था लामिछाने घाइते भएकी छिन। उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
दुर्घटनामा कार चलाउने ५८ वर्षीय दिपक लामिछाने सामान्य घाइते भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार