बाबु ‘इन्काउन्टर’मा मारिएपछि छोराछोरी भन्छन्, सीए र डाक्टर बन्ने सपना सकियो
सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि उनका छोराछोरी पढाइ रोकिने चिन्तामा छन् ।
बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा मृत्यु भएको थियो ।
लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा प्रहरीले गरेको जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको सर्लाही प्रहरीले दाबी गर्दै आएको छ भने उनको पार्टीले हत्या भनिरहेको छ । मृत्यु भएको तीन दिनपछि परिवारले शव बुझेर शनिबार हिन्दू परम्पराअनुसार बागमती नदीमा अन्त्यष्टि गरेका छन् ।
पौडेलका १५ वर्षका छोरा कुशल र ३७ वर्षीया श्रीमती कला किरिया बसेका छन् । बाबुको मृत्युबाट विक्षिप्त बनेका कुशलले भक्कानिँदै भने– ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा पुष्पा थापाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा