शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी जग्गामा छाया सेन्टर : लगानीकर्ताका कारण लाचार प्रशासन

मङ्गलबार, १० असार २०७६, ०७ : ११
मङ्गलबार, १० असार २०७६

काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न नसकेको खुलासा भएको छ ।

छाया सेन्टरमा ४३ लगानीकर्ता रहेका छन्। गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि चलिरहेको छ। स्थानीय गुठीप्रेमीहरू छाया सेन्टरले शक्तिको प्रयोग गरी प्रशासनिक मिलोमतोमा जग्गा हडपेको टिप्पणी गर्छन् । 

स्थानीयबासीको माग र आन्दोलनको वास्तै नगरी सञ्चालनमा आएको छाया सेन्टरका मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाण्डेले आफ्नी श्रीमती र छोराको नाममा समेत लगानी गर्न लगाएका छन् । इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पाण्डेले श्रीमती प्रतीमा पाण्डेको नाममा १ करोड २२ लाख र छोरा सिद्धान्तबहादुर पाण्डेको नाममा १९ लाख ७२ हजार रुपियाँ लगानी गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप