शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार कस्तो छ तपाईंको दिन ?

मङ्गलबार, १० असार २०७६, ०६ : २७
मङ्गलबार, १० असार २०७६

वि.सं.२०७६ साल असार १० गते । मंगलबार । ईश्वी सन् २०१९ जुन २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि अष्टमी,५० घडी ०४ पला,रातको ०१ बजेर १३ मिनेट उप्रान्त नवमी । नक्षत्र उत्तरभाद्रपदा,५५ घडी ५१ पला,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त रेवती । योग सौभाग्य,४२ घडी ३२ पला,बेलुकी १० बजेर १२ मिनेट उप्रान्त शोभन । करण वालव,मध्यान्ह १२ बजेर २३ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि मीन । पञ्चक। भौमाष्टमी व्रत। गोरखकाली पूजा। देउपाटनमा त्रिशूलयात्रा। भलभल–अष्टमी। भूमिपूजा। सर्वार्थसिद्धि योग ०३ बजेर ३१ मिनेटसम्म। 

काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३५ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाफा कमाउन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाति रहनेछन् ।  पैत्रिक धन तथा सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाई सँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनालेनतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनालेमन दुखि हुनेछ । अरुकै पछि लागेर हिड्नाले उललब्धि पनि नहुनेतथा आफ्ना कामहरु थाति रहनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने  हुनालेकाम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेयोग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानीकास्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ कार्य आरम्भ गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनालेशरिरका थप उर्जा पैदा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनालेमन  शान्त रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी  गरे पनि आम्दानीनहुने हुनाले दैनिक गुजार ऋणलिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । पढाइ लेखाइ अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक बस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्रस्थानमा तपार्ईँको नाम आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानीगर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ ।  पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जानेहुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । बिद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुखदुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानी बाट प्रशस्त आम्दानीहुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेयोग रहेकोछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनालेनतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मानसम्मान तथा इज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा सावधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपार्ईँसँग टाडिनेछन् । पति पत्निबिच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानशिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगति गर्न निकै मिहिनेत गर्नुपर्नेछ । 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट ः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप