बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एयरपोर्टबाटै सीधै रेशम चौधरीलाई अस्पतालमा भेट्न पुगे सिके राउत

सोमबार, ०९ असार २०७६, २२ : ११
सोमबार, ०९ असार २०७६

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दुई साताव्यापी युरोप भ्रमणबाट आज नेपाल फिर्ता भएका छन्। डा.राउत स्वदेश फर्किलगत्तै कारागारमा बिरामी परेर उपचार गराईरहेका रेशम चौधरीलाई भेट्न सीधै वीर अस्पताल पुगेका छन् । उपचाररत चौधरीसँगको भेटमा राउतले उनको स्वास्थ्य अवस्था र हालको राजनैतिक घटनाक्रमबारे जानकारी लिएका थिए । भेटका क्रममा राउतले चौधरीको रिहाईका लागि पहल गर्ने आश्वासन समेत दिएका छन् ।

कुराकानीको क्रममा चौधरीले अरु पार्टी तथा नेताहरुबाट आफ्नो आशा बिल्कुलै मरेको बताउँदै अब जनमत पार्टीले मात्रै छुटाउन सक्ने विश्वास प्रकट गरेका थिए।युरोप भ्रमणका क्रममा राउतले अष्ट्रियाको भियना विश्वविद्यालय र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा लण्डन विश्वविद्यालयमा प्रवचन दिएका थिए।

त्यसका साथै विभिन्न देशका नेता, संघ(संगठन तथा आप्रवासी समुदायसँग भेटघाट पनि गरेको थिए। सोही क्रममा डा. राउतले आफूले विद्यावारिधी गरेको क्यामब्रिज विश्वविद्यालयको भ्रमण पनि गरेका थिए। फर्कने क्रममा उनले भारतको नयाँ दिल्लीमा असार ८ गते गैर(आवासीय मधेशी संघको अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भएका थिए।

राउत त्रिभुवन विमानस्थलमा ओर्लेपछि भिआइपी कक्षमा जनमत पार्टीका नेता तथा समर्थकहरुले स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप