नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न पक्राउ
सोमबार, ०९ असार २०७६, २० : १४
पर्सा । नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) बनाउने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१४ पिपरा बस्ने २८ वर्षीय सन्तोष राउत कुर्मी रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुर्मीलाई नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) १ थानसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।