शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मजदूरलाई सम्मान गर्नुपर्छ’

सोमबार, ०९ असार २०७६, २० : ०४
सोमबार, ०९ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि सबै मजदूरको सम्मान हुनुपर्ने बताएका छन् । 

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनको ४०औँ स्थापना दिवसका अवसरमा आज लगनखेलमा आयोजना गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले मजदूरको सम्मान भए मात्र देशको उन्नति हुने बताए । 

‘पेशालाई मर्यादित बनाउन चालक र सहचालकलाई प्रशिक्षण र निगरानीको आवश्यकता छ’, उनले भने, ‘चालक र सहचालकको पेशालाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेका कारण समाजमा झन् विकृति बढेको देखिन्छ ।’

मजदूर श्रमजीवी भएको उनको भनाइ थियो । चालकलाई पहुँचका आधारमा नभई क्षमताका आधारमा चालक अनुमतिपत्र दिनुपर्ने नेता नेपालले बताए । 

नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चालकहरुलाई सभ्य भाषाको अभियान चलाउन अनुरोध गरे । राजमार्ग र काठमाडौँ उपत्यकाका सबै सडकमा सिसिटिभी जडान गर्न यातायात मजदूरले सरकारलाई दबाब दिनुपर्ने उनले बताए । 

नेकपाका ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले नेपालका सबै राजनीतिक परिवर्तनमा मजदूरको सहयोग महत्वपूर्ण रहेको बताए । 

नेपाल मेडिसिटी अस्पतालका प्रमुख डा. उपेन्द्र महतले यातायात मजदूरले बर्सेनी स्वास्थ्य जाँच गराउनुपर्ने बताए । कार्यक्रमा यातायात क्षेत्रमा संलग्न १६९ जनाले रक्तदान गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप