पोखरा तरकारी बजारमा शंकास्पद बस्तु फेला
पोखरा– नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको एक दिनअघि पोखराको तरकारी बजारमा शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसार मण्डिको पार्किङ स्थलमा शंकास्पद बस्तु भेटिएको हो ।
दिउँसो करिब ४ बजेतिर शंकास्पद बस्तु देखिएपछि व्यापारीले प्रहरीलाई खबर गरेका थिए । तत्काल यो बस्तु नै हो भनेर अहिले नै यकिन गर्न नसकिने बैदाम प्रहरी कार्यालय कास्कीका डिएसपी कोमल शाहले जानकारी दिए ।
नीलो रङको पाइपमा घडि जोडिएको प्रहरीले जनाएको छ । अहिले सबै पसल बन्द गरिएको छ । सोही स्थानमा नेकपा कास्कीको नाममा बन्द सफल पारौं, टाइम बम जडित डिटोमिटर अटोमेटिक लेखेको पर्चा फेला परेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका ८ बसपार्कदेखि पूर्वी भागमा पर्ने तरकारी बजारमा सय वटा सटर सञ्चालनमा छन् । नेपाली सेनाको बम डिस्पोजल टोली केही बरेमा आउने प्रहरीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला