बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा एक युवक प्रहरी नियन्त्रणमा

सोमबार, ०९ असार २०७६, १९ : ३९
सोमबार, ०९ असार २०७६

सिरहा– बालिका बलात्कारको आरोपमा सिरहा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ । कर्जन्हा नगरपालिका १ बन्दिपुरको जंगलमा घास काट्न गएकी १४ वर्षीय बालिकामाथि बलात्कार गरेकोे आरोपमा स्थानीय श्यामकुमार महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ । पीडित बालिकाकाअनुसार महरासहित ४/५ जनाको समूहले बलात्कार गरेका थिए  । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको जानकारी दिएका छन् । प्रहरीले बाँकीको खोजी गरिरहेको पनि बताइएको छ । 

भारी परीमाणमा चरेससहित दुई पक्राउ
सिरहा– सिरहा प्रहरीले विशेष सुकीको आधारमा धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट भारी परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई आइतबार राती पक्राउ गरेको छ । पक्राउ पर्ने धनगढीमाई नगरपालिका ११ का रामभगत महतो र सोही नगरपालिका वडा नम्बर १२ का रामेश्वर महतो रहेको सिरहा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जनाएको छ ।

१७ वटा प्याकेटमा प्याक करिब साढे आठ किलो चरेससहित सिरहा प्रहरीले महतोद्वयलाई पक्राउ गरेको हो । प्रहरीले जिल्लामा यति ठूलो परिमाणमा पहिलोपटक चरेस बरामद गरेको हो । पक्राउ परेका महतोद्वयलाई थप अनुन्धानको लागि जिल्ला अदालत सिरहाबाट म्याद थप गरिएको जनाइएको छ । 

सिरहाको लहान, धनगढी, गोलबजार मिर्चैया र उदयपुरको गाईघाट र कटारी क्षेत्रका लागूपदार्थ सेवनकर्ताको लागि नेपालको पूर्वी नाकाबाट चरेस भित्रिने गरेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप