सिप्रदीयन सहायता संस्थाद्वारा चेपाङ विद्यार्थीहरूलाई छात्रवृत्ति
चितवन– सिप्रदी कम्पनीको विङ सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
नारायणघाटको रत्ननगरस्थित श्री विन्देश्वरी आधारभूत विद्यालयमा विगत ७ वर्षदेखि अध्ययनरत चेपाङ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । सिप्रदीयन सहायता संस्थाले ती चेपाङ विद्यार्थीहरूलाई विगत ७ वर्षदेखि पढाइ र छात्रावासमा रहन आवश्यक पर्ने खानेकुरा, कापीकलम, बिछ्यौना, लत्ताकपडाहरू उपलब्ध गराउँदै छ ।
ती चेपाङ विद्यार्थीहरूले कक्षाकोठा र विद्यालय तथा क्षेत्रीय स्तरमा आयोजना हुने अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् र माध्यामिक परीक्षा एसईईमा पनि चेपाङ विद्यार्थीहरू उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका छन् ।
श्री विन्देश्वरी आधारभूत विद्यालयमा आयोजित एक विशेष समारोहमा जेसिस रत्ननगरका पूर्वअध्यक्ष टाटा योद्धा ग्राहक उमेश गिरीले चेपाङ विद्यार्थीहरूलाइ सिप्रदीयन सहायता संस्थाको तर्फ बाट १३ लाख ७४ हजार रुपैयाँ हस्तातन्तरण गरे ।
सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि रजत श्रेष्ठले सन् २०१२ मा स्थापना भएदेखि नै सिप्रदीयन सहायता संस्था शिक्षाको क्षेत्रमा कार्य गर्दै आएको र विभिन्न समुदायका आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए । उनले शिक्षा प्राप्त गर्न पाउने सबैको अधिकार भएको र आर्थिक रूपमा कमजोर भएकै कारण विद्यालय छाड्नुपर्ने विद्यार्थीहरूको संख्या कम गर्ने लक्ष्यका साथ काम गरेको बताए ।
सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रिय सहयोग र योगदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा