शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनरल इन्स्योरेन्स कम्पनी नेपालको ४० औं शाखा कालिमाटीमा

सोमबार, ०९ असार २०७६, १८ : ३६
सोमबार, ०९ असार २०७६

काठमाडौं- निर्जीवन बिमा व्यवसायमा सक्रिय रहँदै आईरहेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कालिमाटीमा शाखा विस्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) का पोलिटव्यूरो सदस्य एंव सघिय संसदका सांसद तथा पूर्व स्थानिय विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सो शाखाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकार आर्थिक समृद्धी र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बिमा व्यवसायको भूमिका पनि समृद्धीसँगै जोडिनुपर्ने बताए । श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमा आत्मसाथ गर्नसके भैपरि आउनसक्ने जोखिमलाई कम गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कुनल क्यालले छोटो समयमा कम्पनीले आफनो नेटवर्कलाई देशभर पुर्याउन सफल भएको वताए । उनले उपत्यकाको ११आंै शाखाको रुपमा कालिमाटी शाखा रहेको र ६ वटा शाखा महिला कर्मचारीको नेतृत्वमा संचालन भएको वताए । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एस.के.तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा सजाल सख्या ६० पुयाउने र अधिकृत पूजी, १ अर्व पुयाउने बताए । 

हाल कम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटर बिमा, स्वास्थ्य बीमा, पैसाको बिमा, माइक्रो, क्याटल, अन्नबालिको बिमा घर तथा अर्पाटमेन्टको बिमा गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप