शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द

सोमबार, ०९ असार २०७६, १८ : १६
सोमबार, ०९ असार २०७६

काठमाडौं– देशैभरी सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द भएका छन् । प्रस्तावित टेलिभिजन विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन च्यान प्रदायक कम्पनीहरु आन्दोलनमा उत्रदै २४ घण्टाका लागि सबै विदेशी च्यानहरु बन्द गराएका हुन् । 

विदेशी विज्ञापन सहित आउने विदेशी च्यानल सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि बन्द गरिएको छ । प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानलहरु क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागू गर्दा हुन आउने परिस्थितिको बारेमा ग्राहकलाई जानकारी गराउन विज्ञापन प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको इन्टरनेट तथा टि.भी. समन्वय समिति र नेपाल केवल महासंघले जनाएका छन् ।

सरकारले राष्ट्रियसभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टिभी व्यवसायीहरु आन्दोलित भएका हुन् ।  यसअघि नै केवल टिभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका थिए ।

हाल नेपालमा प्रसारित च्यानलहरुमध्ये करिब ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने भन्दै महासंघले प्रस्तावित विधेको चर्को विरोध जनाएको छ ।

उक्त विधेक हुबहु पारित भए नेपालमा सर्वाधिक रुचाइएका च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरु सहित खेलकुदका च्यानलहरु स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु समेत बन्द हुने जनाएको छ । यसले खेल तथा मनोरञ्जन प्रेमी नेपालीहरुमाथि अन्याय हुने टेलिभिजन च्यानल प्रदायक कम्पनीहको भनाई छ । यसले सूचनाको हक समेत कुन्ठित हुने व्यवसायीहरुको आरोप रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप