शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिरमा दलितलाई विभेद गर्ने पुजारीले मागे माफी

सोमबार, ०९ असार २०७६, १८ : ०८
सोमबार, ०९ असार २०७६

बुटवल– केहि दिनअघि गुल्मीको धुर्कोट गाउँपालिकास्थित एक मन्दिरमा जातिय विभेद गर्ने पुजारीले माफी मागेका छन् । धुर्कोट गाउँपालिका– ५, वस्तुमा रहेको कालिका मन्दिरका पुजारी झविन्द्र पोखरेलले आगामी दिनमा जातिय विभेद नगर्ने भन्दै असार ३ गते विहान वडा सदस्य टिकाराम विश्वकर्माका ५ महिनाका नाती ग्रेशन विश्वकर्मालाई अलग्गै टिका लगाइदिएर विभेद गरेको भन्दै माफी मागेका हुन् ।

उक्त दिन नाती गे्रशनलाई लिएर सिता विश्वकर्मा त्यस मन्दिरमा गएकी थिइन् । अरु बालबलिकालाई मन्दिरभित्र राखेर टिका लगाईदिएको र ग्रेशनलाई अलग्गै दुनामा टिका अक्षता दिएकोप्रति सिता विश्वकर्माले विरोध जनाएपछि घटना बाहिर आएको थियो ।

घटना बाहिर आएलगत्तै धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल उपप्रमुख शिवबहादुर खत्रीको ध्यानकृष्ट भएको थियो । उनीहरु दुबै जनाले आईतवार दुबै पक्षबीच छलफल गराई आगामी दिनमा कसैप्रति जातिय विभेद गरिए कानुनअनुसार कार्वाही गरिने चेतावनी दिइएको थियो ।

‘त्यस मन्दिरमा मात्र होइन धुर्कोटका कुनै पनि स्थानमा जातिय विभेद भएको पाइए हामी कानुनअनुसार कार्बाहीका लागि सिफारिस गर्नेछौं, गाउँपालिका प्रमुख पोखरेलले भने– ‘वस्तुको कालिका मन्दिमा भएको जातिय विभेदका सम्बन्धमा हिजो दुबै पक्षलाई जुटाएर त्यस मन्दिरमा पुजा व्यवस्थापन समितिले सबैलाई टिका लगाई दिने सहमति गराइएको छ ।’

वस्तुको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा वडाध्यक्ष डुण्डिराज भण्डारी, वडा सदस्य नरहरि भण्डारी, वडाहरु सदस्य विष्णुमाया भण्डारी, सरस्वती विक सुनार  त्यस मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लगायतको टोली र पीडित पक्ष बसेर अबदेखि व्यवस्थापन समितिले जुनसुकै बेला सबैलाई  टिका लगाई दिने र अन्य जातिय विभेद हुने कुनै प्रकारको क्रियाकलाप नगरिने लिखित सहमति भएको वडा सदस्य टिकाराम विश्वकर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप