धितोपत्रबोर्डको निर्देशन: धितोपत्रसम्बन्धी कार्य यी १५ कम्पनीबाट मात्र गर्नुस् (नामसहित)
काठमाडौं– नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिइ लगानी व्यवस्थापन कार्य नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । पछिल्लो समय सेयर व्यवसायको लगानी व्यवस्थापन सम्बन्धी कार्य बोर्डबाट अनुमति नलिइ कतिपय कम्पनीले गर्न थालेको लगानीकर्ताबाट गुनासो आएपछि त्यस्ता कम्पनीबाट काम नगर्न बोर्डले निर्देशन दिएको हो ।
वोर्डवाट अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापन सम्वन्धी कार्य गर्दा उक्त संस्थाले वोर्डवाट अनुमतिपत्र प्राप्त गरेको÷नगरेको एकिन गरेर मात्र सेवा लिन बोर्डले अनुरोध गरेको छ ।
धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ । अहिले वोर्डवाट लगानी व्यवस्थापनको कार्य गर्न २९ वटा अनुमति प्राप्त संस्था छन् । ती संस्थाहरुबाट मात्र कारोबार गर्न बोर्डले भनेको छ ।
यी हुन् अनुमतिपत्र प्राप्त संस्थाहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान