‘उच्च शिक्षामा देखिएका अराजकता नियन्त्रणका गर्न ऐन बन्दै’
काठमाडौँ– शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि शीर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले उच्च शिक्षामा अराजकता रहेको बताएका हुन् ।
उनले उच्च शिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भईरहेको जानकारी दिए । विद्यालय शिक्षासँग सम्बन्धित र उच्च शिक्षासँग सम्बन्धित ऐन निर्माणको चरणमा मन्त्रालय रहेको पनि उनले स्पष्ट पारे ।
‘उच्च शिक्षामा अराजकता पनि छ । विश्वविद्यालयहरुका विविध प्रकारका समस्या छन् । हिजोको क्षेत्रगत र आजको प्रादेशिक ढङ्गले रहेका विश्वविद्यालयहरुका काठमाडौंमा सम्पर्क कार्यालयहरु थिए । तिनीहरुलाई बन्द गरिए । सबै विश्वविद्यालयलाई एउटा प्रणालीतर्फ लैजानका लागि काम गरिरहेका छौ’ मन्त्री पोखरलेलको भनाई छ ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको सम्बन्धमा भएका पहलबारे जानकारी गराउँदै उनले चिकित्सा शिक्षा ऐनको आधारमा आयोग गठन गर्ने क्रममा उपाध्यक्ष छनौटको लागि सर्च कमिटी गठन भएको र यो बीचमा प्रधानमन्त्रीको अध्यक्षतामा पदेन सदस्यहरु रहेर केही निर्णय गरिएको जानकारी दिए ।
उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीको अध्यक्षतामा कार्यदल बनेको र त्यसले आयोगको संगठन संरचना, नियमावली, साझा प्रवेश परीक्षा र शुल्क सम्बन्धि अलग–अलग कार्यदलले कामहरु अगाडि बढाइरहेको भन्दै उनले ती कार्यदलका प्रतिवेदनहरु आयोगको बैठकमा छिट्टै प्रस्तुत हुने बताए ।
ऐनले व्यवस्था गरे अनुसारको आयोगलाई पूर्णता दिने र व्यवस्थित गर्ने दिशामा मन्त्रालय अघि बढेको पनि स्पष्ट पारे । सांसदहरुले चिकित्सा शिक्षा र उच्च शिक्षामा देखिएको विकृति विसंगति बारेमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि भएको पहलबारे जिज्ञासा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव