बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अब मोबाइल एप्स् मार्फत ई–टान्सपोर्टेसन

सोमबार, ०९ असार २०७६, १६ : ३८
सोमबार, ०९ असार २०७६

काठमाडौं । मालबाहक सवारी साधन तथा ढुवानी सेवामा पहिलो पटक अनलाइन प्रणालीको सुरुवात भएको छ । 

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्र्दै ई–टान्सपोर्टेसन सर्भिसले मोबाइल एप्स् मार्फत् ई–टान्र्पोटेसन सेवा शुरु गरेको हो । 

सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै नेपाल भर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउँदै सरकारको ई–गभर्मेन्स् योजनालाई साथ दिन ई–टान्र्पोटेसन सेवा ल्याएको कम्पनीले जनाएको छ । 
कम्पनीले ढुुवानीकर्ता र ग्राहकका बीचमा रहेर मध्यस्तकर्ताको भूमिका निभाउन जनाएको छ । सामान ढुवानी गर्ने, गर्न चाहने व्यक्ति, कम्पनी र चालकको बीचमा रहेर मोबाइल एप्स् मार्फत् सहजिकरण गर्ने छ । त्यसका लागि सेवा ग्राहीले मोबाईल एप्स् नेपालीएट्स ल्भउबभितक० डाउनलोड गर्नु पर्ने कम्पनीले जनाएको छ । 

उक्त ई–टान्सर्पोटेसन मोबाई एप्स संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले सार्वजनिक गरेका छन् । 

कम्पनीले यसै मोबाईल एप्स् मार्फत् नै गाडी सर्भिसिङ्गको सेवा समेत ल्याएको जनाएको छ । 

मोबाईल एप्स सार्वजनिक गर्दै मन्त्री पण्डितले ई–टान्सर्पोटेसन जस्तो प्रविधिले सरकारले लिएको ई–गभर्मेन्स् योजनामा सहयोग पु¥याउने बताए । 

‘ढुवानी सेवामा सरलता, सहजता र पारदर्शीता ल्याउन सरकारले पहल गरिरहेको बेला निजी क्षेत्रबाट ई–टान्सर्पोटेसन जस्तो सेवा विस्तार भएकोमा अत्यन्त खुशी छु ।’ उनले भने, ‘हामीले हरेक क्षेत्रलाई डिजिटलाईजेसन गर्न खोज्दै छौं । त्यो निजी क्षेत्रबाट शुरुवात भएको छ । ढिलो चाँडो अब सबै क्षेत्रमा यो लागू हुन्छ । सरकारले ई–गभर्मेन्स जस्तो आधुनिक अवधारणा अघि सारिसकेको छ ।’

यातायात विभागका महानिर्दैशक कुमार प्रसाद दाहाले समेत यातायात क्षेत्रमा ई–टान्सर्पोसन जस्तो प्रविधिको खाँचो रहेको बताउँदै विभागले समेत यसको गृहकार्य गरिरहेको बताए । 

‘विभागले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन लागि परेको छ ।’ उनले भने, ‘अबको केहि समयमा नै सार्वजनिक यातायात लगाएत सबै खाले ढुवानीका साधनहरुमा जीपीइस ट्याकिङ्ग सिष्टम लागु हुने छ ।’
यसै कार्यक्रम मार्फत दाहालले आगार्मी आर्थिक वर्ष भित्र जीपीएस सिष्टम लागु गरिसक्ने जनाएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप